वैशाख २४ काठमाडौं। नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा गरेको छ । ७५ प्रतिशत सम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचर सहितको यो विशेष अभियान वैशाख २२ देखि २६ गते (मे ५ देखि ९, २०२५) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
अभियान अवधि भर ग्राहकहरूले सिताफिल, ब्राण्डहाउस, ह्रोटो लगायत प्रतिष्ठित ब्रान्डका बिभिन्न उत्पादनहरूमा दैनिक फ्ल्याश सेल मार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सक्नु हुनेछन् ।
यी सीमित अवधिका अफरहरू हरेक दिन अपडेट हुने हुँदा, मौकाको उचित फाइदा उठाउनका लागि दराज नेपालले दराज एपको फ्ल्याश सेल सेक्सन नियमित हेर्नु हुन ग्राहकहरू लाई विशेष अनुरोध गरेको छ ।
साथै, बेस्ट प्राइस ट्याग सहितका उत्पादनहरू खोजेर अझ बढी बचत गर्न सकिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । यदि कुनै ग्राहकले सोही उत्पादनलाई नेपालकै अरु कुनै अनलाइन प्लेटफर्ममा निर्धारित भन्दा सस्तो मूल्यमा फेला पार्नुहुन्छ भने, सम्बन्धित सर्तहरू पुरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिने बताएको छ ।
५.५ को अर्को विशेष पक्ष भनेको, ग्राहकहरूले न्यूनतम रु. ४९९ खर्च गरी चुनिएका विक्रेताहरु बाट उपलब्ध गरिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधापनि प्राप्त गर्न सक्नु हुनेछ । यसका लागि दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी फ्रि डेलिभरी पेजबाट भौचर संकलन गर्न सक्नुहुनेछ ।
यस अभियान मार्फत दराज नेपालले केवल छुट र बचत मात्र नभई, आफ्ना उपभोक्तालाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ । स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेरेबल्स, फर्निचर, घर सजावट लगायत थुप्रै उत्पादन श्रेणीहरूमा आकर्षक अफरहरू अभियान अवधिभर उपलब्ध गराइनेछन् ।
दराज नेपालको ५.५ अभियान सम्बन्धी थप जानकारीका लागि धधध।मबचबश।अयm।लउ मा भ्रमण गर्नुहुन वा दराज नेपालको फेसबुक पेज वा दराज एपको प्रयोग गर्नुहुन कम्पनीले आग्रह गरेको छ ।
दराज समूहका बारेमा
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सेवा प्रदान गरिरहेको छ । ई–कमर्स, ढुवानी, भुक्तानी र वित्तीय सेवाहरू समेट्ने एकीकृत पूर्वाधार निर्माण गर्दै, कम्पनीले ५० करोड जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक बजार प्रविधिको माध्यमबाट व्यक्तिगत र समृद्ध किनमेल अनुभव प्रदान गर्ने लक्ष्य बोकेको छ ।