बैशाख ३१ काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोलाको एक लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुन एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।