मंगलबार, असार ४ गते २०८२

सिटिजन्स बैंक र लोमस डिजिटलबीच छुट सम्झौता

सिटिजन्स बैंक र लोमस डिजिटलबीच छुट सम्झौता

अखबार दैनिक
सोमबार, जेठ १४ २०८२
  • सिटिजन्स बैंक र लोमस डिजिटलबीच छुट सम्झौता

    ललितपुर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र उत्तरढोका, काठमाडौँ स्थित लोमस डिजिटल प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले व्हर्लपूल प्रोडक्ट र किचन एड प्रोडक्टमा आकर्षक छुट पाउनेछन् ।

    images

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
    महोत्तरी । कला र संस्कृतिको संरक्षण तथा स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यसहित बर्दिवासका जिवनाथ पोखरेल ‘जेबी’को नेतृत्वमा सुरु गरिएको ‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ ।

    जेठ ९ गते बर्दिवासबाट सुरु भएको यो अनौठो यात्रा सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित राष्ट्रिय कलाघरसम्म पुगेको हो । “मधेश टु महाभारत, सुस्वास्थ्यको सबैमा मुवारक” भन्ने नाराका साथ पोखरेल नेतृत्वको २५ सदस्यीय टोलीले यात्रा अवधिभर विविध सांस्कृतिक कार्यक्रमहरूमा पनि सहभागिता जनाएको थियो ।

    कार्यक्रमका संयोजक सुबोध कट्टेलका अनुसार यो अभियानको मुख्य उद्देश्य मौलिक कला र संस्कृतिको संरक्षण गर्नुका साथै पर्यटन र स्वास्थ्यबीचको सम्बन्धलाई प्रोत्साहन गर्नु रहेको छ । “संस्कृति, स्वास्थ्य र पर्यटनलाई जोड्दै समाजमा सकारात्मक सन्देश फैलाउनु हाम्रो लक्ष्य हो,” उनले बताए ।

    यात्राको प्रमुख आकर्षण उल्टो मोटरसाइकलमा यात्रा गर्ने पोखरेल विगतदेखि नै यस्ता अनौठा यात्रामा सक्रिय रहँदै आएका छन् । वि।सं। २०६३ सालमा उनले शान्तिको सन्देश बोकेर मेचीदेखि महाकालीसम्म उल्टो साइकल यात्रा गरेका थिए । पछिल्ला केही वर्षदेखि उनी उल्टो मोटरसाइकल कुदाउने अभ्यासमा लागिपरेका छन् ।

    पेशाले स्वास्थ्यकर्मीसमेत रहेका पोखरेल एक गायकको रूपमा पनि चिनिन्छन् । उनका आधा दर्जनभन्दा बढी गीतहरू सार्वजनिक भइसकेका छन् । हाल उनी यस किसिमको विशिष्ट यात्रामार्फत गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने तयारीमा छन् ।

    उक्त अभियान बर्दिवास नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो भने वडा नं। १ र ३ को सहकार्य र गौरीवास युथ क्लबको सक्रिय सहभागिता उल्लेखनीय रह्यो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ