जेठ १४ काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक अझै सुरु हुन सकेको छैन । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको थियो । प्रमुख सत्ताधारी दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफलमा बसेकाले प्रतिनिधिसभाको बैठकमा ढिलाइ भएको हो ।
आजको बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलले अवरोध गर्ने बताएकाले थप रणनीतिका लागि सत्ताधारी दलको बैठक बसेको हो । बालुवाटारको बैठक भर्खरै सकिएको छ ।