मंगलबार, असार ४ गते २०८२

सभामुख घिमिरे र दलका सचेतक बिचको बैठक जारी

सभामुख घिमिरे र दलका सचेतक बिचको बैठक जारी

अखबार दैनिक
शुक्रबार, जेठ १८ २०८२
  • सभामुख घिमिरे र दलका सचेतक बिचको बैठक जारी

    काठमाडौँ । सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरू बिचको बैठक बानेश्वरमा सुरु भएको छ । सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारण गर्ने विषयमा सभामुख घिमिरेले दलका सचेचकहरुसँग छलफल थालेका हुन् ।

    images

    सो बैठकपछि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको भन्दै सदन अवरोध गर्दै आएका छन् । यद्यपि उनीहरूले गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठन नभएसम्म बजेट पेस गर्न दिए पनि अन्य काम–कारबाहीका लागि सदन चल्न नदिने बताउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ