जेठ २१ काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोला ५ सय रुपैयाँले बढेर प्रतितोलाको एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुनको मूल्य एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।