शुक्रबार, जेठ २५ गते २०८२

संसद्को अवरोध चाँडै हट्ने छ : सञ्चारमन्त्री

संसद्को अवरोध चाँडै हट्ने छ : सञ्चारमन्त्री

सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाको अवरोध चाँडै हट्ने विश्वास व्यक्त गरे।

अखबार दैनिक
शुक्रबार, जेठ २५ २०८२
  • संसद्को अवरोध चाँडै हट्ने छ : सञ्चारमन्त्री

    विराटनगर । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाको अवरोध चाँडै हट्ने विश्वास व्यक्त गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चालु अधिवेशनबाटै निजामती कर्मचारी ऐन र शिक्षा ऐन जारी हुने जानकारी दिए । 

    images

    कर्मचारीको गल्तीमा विभागीय मन्त्रीले राजीनामा दिनुपर्ने  विषय तर्कसङ्गत नभएको भन्दै उनले प्रतिपक्षी दलले प्रतिशोध लिने हिसाबले संसद्मा अवरोध गरिरहेका टिप्पणी गरे ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको विषयमा टिप्पणी गर्नु अनुचित हुने भन्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले अख्तियारको दुरुपयोग गर्नेलाई आयोगले छानबिन गर्नु स्वाभाविक भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ