सोमबार, असार ३ गते २०८२

यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान :  ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सकियो

यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान :  ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सकियो

अखबार दैनिक
मंगलबार, जेठ २९ २०८२
  • यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान :  ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सकियो

    यामाहा नेपालले देशभरका डिलरहरूबीच उत्कृष्ट बिक्री क्षमताको पहिचान र सम्मान गर्ने उद्देश्यले आयोजना गरेको ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ भव्य रूपमा सम्पन्न भएको छ।

    images

    दुईपांग्रे सवारी साधनको क्षेत्रमा सेल्स एक्सलेन्सको उत्सवस्वरूप आयोजना गरिएको यो प्रतियोगिता जेठ २५ गते सम्पन्न भएको हो।

    देशभरका यामाहा डिलरहरूमार्फत चयन भएका उत्कृष्ट सेल्स पेशेवरहरूबीच भएको प्रतिस्पर्धात्मक फाइनलमा सहभागीहरूले अटो बेसिक्स, उत्पादन ज्ञान, प्रतिस्पर्धी जानकारी, बिक्री प्रक्रिया, भाइभा र उत्पादन प्रदर्शन जस्ता ६ वटा विधामा प्रतिस्पर्धा गरेका थिए।

    एकदिने गहन मूल्याङ्कनपश्चात, निम्न तीन प्रतिभाहरू विजयी घोषित भएः
    समुन्द्र पंगेनी – भी.ए.डब्लू इन्टरप्राइजेज, पोखरा – विजेता, नगद पुरस्कार रु. ३०,०००
    प्रमिला श्रेष्ठ – एल.एस. इन्टरप्राइजेज, ललबन्दी – फर्स्ट रनरअप, नगद पुरस्कार रु. २०,०००
    विकास रञ्जितकार – द व्हिल्स, सल्लाघारी – सेकेन्ड रनरअप, नगद पुरस्कार रु. १०,०००

    साथै, फाइनलमा पुगेका सबै प्रतिभाहरुलाई प्रमाणपत्र, ट्रफी र पदक प्रदान गरी उनीहरूको परिश्रम, पेशागत समर्पण र यामाहाको ऋगकतयmभच ँष्चकतू फिलोसफीप्रतिको योगदानको कदर गरिएको थियो।

    पुरस्कार वितरण कार्यक्रम एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल र ह्युमन रिसोर्स विभाग प्रमुख श्री शम्भु प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको जनाएको छ । 

    सीईओ अग्रवालले कार्यक्रममा भने, 
    “हाम्रा जनशक्ति नै यामाहा नेपालको सफलताको मूल आधार हुन्। यो प्रतियोगिता केवल एक प्रतिस्पर्धा होइन, यामाहाका सेल्स प्रोफेसनलहरूको अनुशासन, जोश र ज्ञानको उत्सव हो। विश्वस्तरीय ब्रान्डको हैसियतले हामी निरन्तर सिकाइ र क्षमता विकासमा विश्वास गर्छौं र आफ्ना जनशक्तिमा लगानी गरिरहन्छौं।”

    एमएडब्लु राइड्सको नेतृत्वमा यामाहा नेपालले नेपाली बजारमा उच्च प्रविधि, भरपर्दो सेवा र उत्कृष्ट ग्राहक सन्तुष्टिका नयाँ मापदण्डहरू स्थापन गर्दै आएको छ। यामाहा ब्रान्डले देशभरका ग्राहकहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न र दक्ष जनशक्ति विकासमा निरन्तर प्रतिबद्धता जनाउँदै आएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ