काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुनको मूल्य एक लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।