मंगलबार, असार ४ गते २०८२

मुस्ताङको पेरिस डाँडामा प्रचण्डले गरे पार्टी कार्यालय शिलान्यास

मुस्ताङको पेरिस डाँडामा प्रचण्डले गरे पार्टी कार्यालय शिलान्यास

अखबार दैनिक
बिहीबार , जेठ ३१ २०८२
  • मुस्ताङको पेरिस डाँडामा प्रचण्डले गरे पार्टी कार्यालय शिलान्यास

    मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका—४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीे कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । बौद्ध परम्पराअनुसार उहाँले पार्टी शिलान्यास गर्नुभयो।

    images

    नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार छ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र—२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गर्नुभएको हो ।

    त्यस अवसरमा अध्यक्ष दाहालले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ