सांघाई–चाङ्गान अटोमोबाइलअन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दिपलले विश्वभर डेलिभरीको संख्या पाँच लाख युनिट पार गरेको छ । गत मे महिनामा मात्र दिपलको २५ हजार पाँच सय २१ युटिन इभी बिक्री भएको थियो । जुन गत वर्ष मे महिनाको तुलनामा ७८ प्रतिशतले बढी हो भने यो वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो । हाल दिपल ब्रान्डअन्तर्गत एसएल ०३, एस ०७, जी ३१८, एल ०७, एस ०५ र एस ०९ गरी पाँच मोडेल बिक्री वितरण भइरहेको छ । यसमध्ये दिपल ए ०९ औपचारिक रूपमा गएको मे २२ मा सार्वजनिक भएको छ ।
६ सिट भएको ठूलो आकारको एसयुभी दिपल एस ०९ पाँचवटा टिममा उपलब्ध छ । एस ०९ हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम भएको पहिलो कार हो । यसमा १६ः९ एस्पेक्ट रेसियो २१.४ इन्चको ३ के सिलिंग माउन्टेड रियर इन्टरटेन्मेन्ट सिस्टम छ, जसलाई ० देखि ७५ डिग्रीसम्म टिल्ट गर्न सकिन्छ ।
इन्फोटेन्मेन्ट सिस्टममा डाइनामिक पानोरामिक साउन्ड, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, कस्टमाइजेबल सिन ब्लक्स र स्पासियल म्याजिक क्युब फङ्क्सन पनि रहेको छ । साथै यसमा हुवावेको कियान कुन इन्टेलिजेन्ट एडीएस ३.३ ड्राइभिङ असिस्टेन्ट सिस्टम रहेको छ ।
दिपलले यो वर्षको अन्त्यसम्ममा एस ०९ मा एडीएस ४ अपग्रेड गर्ने बताएको छ । डब्लुइडब्लुए आर्कीटेक्चरमा बन्ने नयाँ एडीएस ४ सिस्टममा एन्ड टु एन्ड ल्याटेन्सी ५० प्रतिशत, ट्राफिक इफिसेन्सी २० प्रतिशतले बढाउनुका साथै हार्ड ब्रेकिङ फ्रिक्वेन्सी ३० प्रतिशतले घटाउने छ ।
दिपलले आउँदो वर्ष चीनमा तीन सयवटा नयाँ एक्सपिरियन्स सेन्टर बनाउने योजना बनाएको छ । दक्षिणपूर्व एसिया र मध्यपूर्व बजारमा प्रवेश गरिसकेको दिपलले यो वर्ष युरोपमा प्रवेश गरिसकेको छ ।
गत मेमा आयोजना भएको दिपल ब्रान्ड नाइटमा सीईओ डेङ्ग चेन्घाओले स्मार्ट लिड २०३० विश्व नीति सार्वजनिक गरेका थिए, जसमा सन् २०३० सम्ममा विश्वभर २० लाख कार बिक्री गर्ने लक्ष्य लिइएको छ । यो योजनाअन्तर्गत चाङ्गानले ३० वटा नयाँ मोडेल सार्वजनिक गर्नेछ ।