काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । आज सुन तोलामा ४२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९७ हजार १ सय रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार सुन प्रतितोलाको एक लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । ब
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।