आइतबार, साउन २० गते २०८२

नेपालले पहिलोपटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो, पहिलो चरणमा ४० मेगावाट विद्युत् निर्यात

नेपालले पहिलोपटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो, पहिलो चरणमा ४० मेगावाट विद्युत् निर्यात

अखबार दैनिक
आइतबार, असार २ २०८२
  • नेपालले पहिलोपटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो, पहिलो चरणमा ४० मेगावाट विद्युत् निर्यात

    असार १ काठमाडौं । नेपालले शनिबारबाट पहिलोपटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात सुरु गरेको छ । अहिले उत्पादित विद्युत्ले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात सुरु गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले शनिबारबाट विद्युत् बंगलादेशलाई निर्यात गर्नुले देश समृद्धिको दिशामा बढेको बताए । उनले नेपाल तेस्रो मुलुक विद्युत् निर्यात गर्ने दक्षिण एसियाकै पहिलो देश बनेको भन्दै यो ऐतिहासिक क्षण भएको बताए ।

    images

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पहलमा नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ मा विद्युत् बेच्ने सम्झौता भएको थियो । ऊर्जामन्त्री खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कविर खानबीच संयुक्त रूपमा स्विच अन गरी विद्युत् निर्यातको उद्घाटन काठमाडौंमा गरिएको थियो । सम्झौता अनुसार हरेक वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता भएको थियो । सो सम्झौतासँगै शनिबारबाट बंगलादेश विद्युत् निर्यात गर्न लागिएको हो ।

    नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारणलाइन ढल्केबर–मुजफ्फरपुर ४०० केभीमार्फत बिक्री गर्न लागिएको हो । यसअघि सम्झौता भएसँगै १ दिन विद्युत् बिक्री गर्दा प्राधिकरण ४ लाख ७० हजार युनिट बिजुली बिक्री गरिएको थियो यसबाट ३० हजार ८० डलर आम्दानी भएको प्राधिकरण जनाएको छ । यसअघि नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएको थियो ।नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बंगलादेशलाई बिक्री गर्न लागिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार