बुधबार, कात्तिक २१ गते २०८२

कैलालीमा एक सय छपन्न उद्योग थपिए

कैलालीमा एक सय छपन्न उद्योग थपिए

अखबार दैनिक
बुधबार, कात्तिक २१ २०८२
  • कैलालीमा एक सय छपन्न उद्योग थपिए

    यहाँस्थित घरेलु तथा साना उद्योग कार्यालयमा १५६ नयाँ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको तीन महिनामा यी उद्योग थपिएका हुन् ।

    घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्र अवधिमा ३२ उत्पादनमूलक, ५० कृषिमूलक र ७४ वटा सेवामूलक उद्योग दर्ता भएका हुन् । जिल्लामा हालसम्म १६ हजार २६ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । साथै पुगेको उहाँले जानकारी दिनुभयो । चालु आवको सोही अवधिमा स्थानीय व्यापारअन्तर्गत वाणिज्यसम्बन्धी २०० वटा फर्म दर्ता भएका छन् ।

    उक्त कार्यालयले चालु आवको उक्त अवधिमा रु।३९ लाख ९१ हजार छ सय ९९ राजस्व सङ्कलन गरेको छ । गत आवमा रु एक करोड ६३ लाख ९७ हजार राजस्व सङ्कलन भएको थियो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ