मंगलबार, असार ४ गते २०८२

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

अखबार दैनिक
मंगलबार, असार ४ २०८२
  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

    काठमाडौं । इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिक्रियाले सुरुमा विश्वव्यापी वित्तीय बजारमा हलचल ल्याएको थियो । जसका कारण आइतबार खाडी लगायतका केहि मुलुकका शेयर बजारहरुमा ठुलो मात्रामा गिरावट आएको थियो । युद्ध तत्काल रोकिने कुनै संकेत नभएकाले शेयर बजारमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ ।

    images

    इजरायले इरानमाथि आक्रमण गर्ने घोषणा गरेदेखि नै तेलको मूल्य बढको थियो । बीबीसीका अनुसार शुक्रबार बिहान इजरायलले इरानको आणविक केन्द्रमा आक्रमण गरेपछि विभिन्न कम्पनीले १० प्रतिशतभन्दा धेरैले तेलको मूल्य बढाएका थिए ।

    व्यापारीहरूले इरान र इजरायल बीचको द्वन्द्वले इरानी तेल आपूर्तिलाई बाधा पुर्‍याउन सक्ने चिन्ता व्यक्त गरेका छन् । कच्चा तेलको मूल्यमा भएको वृद्धिले खाद्यान्नको मूल्यदेखि गाडीको इन्धनको लागतसम्म सबै कुरालाई असर गर्ने बताइएको छ ।

    बिबिसीका अनुसार यद्यपी दुई देशहरू बीचको एक सप्ताहन्तको मिसाइल र ड्रोन आक्रमण पछि कच्चा तेलको मूल्य फेरि घटेको छ । तरपनि, तेलको मूल्य एक महिना अघिको भन्दा १० अमेरिकी डलरले बढी छ र ऊर्जाको मूल्य वृद्धिले बेलायत लगायत विश्वभर पेट्रोल र खाद्यान्नसम्म सबै कुरा महँगो बनाउन सक्ने त्रास उत्पन्न भएको छ ।

    तीन वर्षअघि रूसले युक्रेनमा आक्रमण गरेपछि त्यस्तै भएको थियो, जसले विश्वभरका मानिसहरुको दैनिकीलाई असर गरेको थियो । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल कच्चा तेलको मूल्य ७८ डलरभन्दा बढी पुग्यो । त्यसबेलादेखि, यो लगभग ७४.५० डलरमा झरेको छ, तर यो अझै पनि गत महिनाको भन्दा १० डलरले बढी छ ।

    ठूला भूराजनीतिक घटनाहरू र विश्वव्यापी अर्थतन्त्रको अवस्थाको प्रतिक्रियामा तेलको मूल्य सधैं बढ्छ र घट्ने गरेको छ । इरान पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक) को सदस्य हो । जसले प्रतिदिन लगभग ३३ लाख ब्यारेल तेल र इन्धन उत्पादन गर्छ र २० लाखभन्दा बढी निर्यात गर्छ ।

    इरान जस्तो ओपेकको सदस्य राष्ट्र आफैंपनि युद्धमा हामीएका कारण त्यसले नेपाल जस्ता इन्धन आयातकर्ता राष्ट्रहरुलाई समेत मूल्यवृद्धिको मारमा पार्न सक्ने रोयर्टसले जनाएको छ ।

    यदि थप आक्रमणहरूले इरानी तेल पूर्वाधारलाई क्षति पुर्‍याएमा यसले विश्वव्यापी आपूर्तिमा असर पार्ने र पेट्रोल पम्पमा मूल्यहरू बढाउने सक्ने आंकलन गरिएको छ । इजरायली अधिकारीहरूले इरानको तेल नेटवर्क आक्रमणमा पर्नसक्छ भनेर ब्रीफिङ गरिरहेका छन् । जसको विनाशकारी प्रभाव पर्न सक्ने विभिन्न स्रोतले टाइम्स अफ इजरायललाई बताएको उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ