काठमाडाैं । गृहमन्त्री रमेश लेखकले सामाजिक सञ्जालमा अलबिदा लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठलाई भेटेका छन्।मंगलबार बिहान भैँसेपाटीस्थित मन्त्री क्वार्टरमा बोलाएर मन्त्री लेखकले डाक्टर श्रेष्ठलाई भेटेका हुन्।मन्त्री लेखकले डाक्टर श्रेष्ठको समस्याबारे सोधेका छन्।‘प्रहरीलाई भनेर खोज्न लगाएको थिएँ। के भएको हो तपाईंको?,’ मन्त्री लेखकले सोधेका थिए।
त्यसपछि उनले मन्त्रीसमक्ष पीडा पोख्दै आफूमाथि झुटो आरोप लगाएर जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्दा स्पष्टीकरण सोधेको र सरूवा गरिएकोबारे बताएका थिए।
सोमबार बिहान डाक्टर श्रेष्ठले सामाजिक सञ्जालमा अलबिदा भनेर गएका थिए। उनी सम्पर्कविहीन भएपछि प्रहरीको विभिन्न युनिटले उनको खोजी गरेको थियो।खोजी गर्नेक्रममा दिउँसो करिब २ बजेतिर बालाजुस्थित एक रिसोर्टमा फेला परेका थिए।