काठमाडौं । सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ। सिंहदरबारमा भएको भेटमा सहज रुपमा संसद सन्चालनको वातावरण बनाउने विषयमा छलफल भएको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको २ बुँदे सहमति कार्यान्वयन, रास्वपाको माग लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
यही छलफलका कारण आज दिउँसो एक बजे बस्ने भनिएको संसद बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन।