सोमबार, असार १० गते २०८२

संसद् बैठकमा आज पनि रास्वपाको नाराबाजी

संसद् बैठकमा आज पनि रास्वपाको नाराबाजी

अखबार दैनिक
सोमबार, असार १० २०८२
  • संसद् बैठकमा आज पनि रास्वपाको नाराबाजी

    प्रतिनिधि सभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नाराबाजी गरेको छ। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरू आआफ्नो ठाउँबाट उठेका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद शिव नेपालीलाई बोल्न समय दिए।

    images

    नेपालीले बोल्न क्रममा सरकारले नै मानव तस्करीको र्‍याकेट चलाउनेलाई संरक्षण गरेको आरोप लगाए। साथै उनले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदमा विरोध जारी रहने जानकारी पनि गराए।

    तर सभामुखले बैठकलाई नियमित कार्यसूचीमा प्रवेश गराए। सो पश्चात् रास्वपा सांसदहरूले वेल घेराउ गरेका छन् भने राप्रपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ