राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले वर्तमान सरकार लोकतन्त्रको लागि हानिकारक भएको बताएका छन् ।
अहिलेको सरकार लोकतन्त्रको लागि पनि हानिकारक साबित भइसकेको उनले बताए । सत्ताका प्रमुख दल नेपाली कांग्रेस र एमालेले कब्जाको नीति लिएको वाग्लेले आरोप लगाए । वाग्लेले वर्तमान सरकार भत्काउनुपर्ने मान्यतामा रास्वपा रहेको उनले सुनाए । उनी भन्छन्, ‘यो भत्कियो भने जुन वैकल्पिक सरकार बन्छ । त्यसलाई बाहिरैबाट समर्थन गरिदिनुपर्ने बाध्यता पनि आउन सक्छ ।’