मंगलबार, असार ११ गते २०८२

चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

अखबार दैनिक
मंगलबार, असार ११ २०८२
  • चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

    आगामी भदौ १२ गतेदेखि प्रदर्शनका लागि तय भएको चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ । सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र कोसेढुङ्गा नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, बेलायत, क्यानडालगायत ४० भन्दा धेरै देशमा प्रदर्शन हुने जनाइएको छ ।

    images

    चलचित्रलाई प्याट्रिक सेभेन सिज इन्टरनेसनलले अन्तरराष्ट्रिय बजारमा वितरण गर्दैछ । “हाम्रो चलचित्र ४० भन्दा धेरै देशमा एकसाथ प्रदर्शन हुँदैछ, थप देशमा प्रदर्शनका लागि वितरकसँग कुरा भइरहेको छ”, निर्देशक पौडेलले भन्नुभयो ।

    नेपाली सिनेमाकै इतिहासमा यो चलचित्र एकै साथ ४० भन्दा बढी देशमा रिलिज हुन लागेको सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ