बुधबार, असार १२ गते २०८२

अदालतमा हाजिर भए माधव नेपाल, बयान हुँदै

अदालतमा हाजिर भए माधव नेपाल, बयान हुँदै

अखबार दैनिक
बुधबार, असार १२ २०८२
  • अदालतमा हाजिर भए माधव नेपाल, बयान हुँदै

    काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा हाजिर भएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालको इजलास नम्बर २ मा बयान सुरु भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा नेपालसहितविरुद्ध १८ करोड रुपैयाँ बिगो मागदाबीसहित गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    ०६९ सालमै अख्तियारले पाँच वर्षमा क्षतिपूर्ति गर्ने भनिएको जग्गासम्बन्धी नियमित अनुगमन गर्न काभ्रे मालपोत कार्यालयलाई निर्देशन दिँदै उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसको १३ वर्षपछि अख्तियारले नेपालविरुद्ध मुद्दा चलाउने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ