बिहीबार , असार १३ गते २०८२

सर्वोच्चले डा.मुकुललाई दिएको पत्रसहित निर्वाचन आयोगलाई पनि छलफलमा बोलायो

सर्वोच्चले डा.मुकुललाई दिएको पत्रसहित निर्वाचन आयोगलाई पनि छलफलमा बोलायो

अखबार दैनिक
बिहीबार , असार १३ २०८२
  • सर्वोच्चले डा.मुकुललाई दिएको पत्रसहित निर्वाचन आयोगलाई पनि छलफलमा बोलायो

    सर्वोच्च अदालतले डा. मुकुल ढकालले हालेको मुद्दामा दुवै पक्षहरुलाई १७ गते छलफलका लागि बोलाएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले गत असार ४ गते आयोगले ढकाललाई दिएको पत्रसहितको फाइल पनि मगाउने आदेश गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिए ।

    images

    ढकालले आफूलाई रास्वपा महामन्त्रीका रुपमा काम गर्न दिन उत्प्रेषण आदेशको माग गर्दै रिट हालेका थिए । इजलासले यस सम्वन्धमा विपक्षीहरुका नाममा कारण देखाउ आदेश पनि जारी गररेको छ । निवेदकको माग अनुसार आदेश जारी गर्नु नपर्ने कारणसहितको जवाफ १५ दिनभित्र पेश गर्न भनिएको छ । यसका साथै अदालतले निर्वाचन आयोगलाई पनि छलफलमा डाकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ