बिहीबार , असार १३ गते २०८२

नेप्सेको ओरालो यात्रा कायमै

नेप्सेको ओरालो यात्रा कायमै

अखबार दैनिक
बिहीबार , असार १३ २०८२
  • नेप्सेको ओरालो यात्रा कायमै

    साताको अन्तिम सेयर कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ विन्दुमा झरेको छ। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२० विन्दुमा अडिएको थियो। त्यसअघि  मंगलबार  परिसूचक  ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा पुगेको थियो।

    images

    साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३२.९३ अंकले घटेको थियो। सोमबार भने ४.७८ अंकले बढेको थियो। यसदिन  कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ  यसदिन ३०६ स्क्रिप्सको १ करोड ९६ लाख  ५० हजार २१० कित्ता सेयर  ७ अर्ब ७८ करोड २ लाख ४२ हजार  २४३ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ५ अर्ब ९४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

    यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। ग्रीन डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक ९.१८ प्रतिशतले बढ्यो। सप्तकोशी डेभलपमेन्टको ९ प्रतिशतले बढ्दा बरुण हाइड्रोपावरको ८.९३ र पिपुल्स हाइड्रोपावरको सेयर ७.१४ प्रतिशतले बढ्यो।

    रिलायबल समृद्धि योजनाका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.३० प्रतिशतले घट्यो। ६२ करोड मूल्य बराबरको सेयर कारोबार गरी बुटवल पावर शीर्षस्थानमा रह्यो। यसैगरी राधी विद्युतको ३९ करोड मूल्यको सेयर कारोबार हुँदा नगदी ग्रुपको ३२ करोड,सिंगटी हाइड्रोपावरको ३१ करोड र बरुण हाइड्रोपावरको २८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    कारोबारमा आएकामध्ये ९३ स्टक्सको मूल्य बढ्दा १५५ वटाको घट्यो। चार समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्। डेभलपमेन्ट बैंक,हाइड्रोपावर,माइक्रोफाइनान्स र म्युचुल फण्डको उपसूचक बढ्दा अन्यको घटेको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ