काठमाडौं । निर्वाचन आयोगले रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै रुपन्देही ३ मा रिक्त रहेको पदको लागि उपनिर्वाचन गर्ने मिति तय भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी गराएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित सांसद दीपक बोहोराको गत चैत्र १९ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको थियो । २०७९ को निर्वाचनमा बोहराले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।