प्रधानमन्त्री केपी शर्मा ओली हुम्ला जाने भएका छन् । प्रधानमन्त्री ओली पुल उद्घाटन गर्न २२ गते हुम्ला जाने भएका हुन् । पुल उद्घाटनका लागि प्रधानमन्त्री ओली हुम्ला जाने तय भएको नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज तथा एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले पुष्टि गरे ।
प्रधानमन्त्री शर्मा ओेली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल सँगै हुम्ला जाने कार्यक्रम तय भएको इन्चार्ज बोगटीले जानकारी दिए ।