काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । आन्दोलनरत सुनचाँदी व्यवसायी र सरकारबीच सहमति भएसंगै केहि दिनदेखी बन्द रहेका सुनचाँदी पसल शुक्रबारदेखि खुलेका हुन् ।
आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि असार १९ गते सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ तोकिएको थियो ।
यस्तै, आज चाँदी २ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । असार १९ गते चाँदीको मूल्य तोलामा २ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।