काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक गरिने भएको छ। सात महिनापछि शुक्रबार (आज) दिउँसो बसेको कार्यपालिका बैठकले बजेटको मिति तोकेको हो। बैठक एक मिनेट पनि चलेन। बजेटको मिति घोषणा गरेसँगै प्रमुख बालेन शाहले बैठक समापनको घोषणा गरे।
