बिहीबार , भदौ २० गते २०८२

प्रधानमन्त्रीद्वारा गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त

अखबार दैनिक
बिहीबार , भदौ २० २०८२
  • प्रधानमन्त्रीद्वारा गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त

    प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत गायिका गोलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले लोकगीतका पारखी र उहाँका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।

    “नेपाली लोकगीतमा तामाङ सेलो काठमाडौँ उपत्यका आसपास धेरै लोकप्रिय छ । नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो परिचय बनाउनुभएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद् खबर सुनेँ । गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु”, प्रधानमन्त्रीले फेसबुकमा लेख्नुभएको छ । क्यान्सरबाट पीडित गायिका गोलेको बुधबार ४८ वर्षको उमेरमा निधन भएको हो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार