आइतबार, असार ३० गते २०८२

विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँट

विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँट

अखबार दैनिक
आइतबार, असार ३० २०८२
  • विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँट

    काठमाडौं । आईतबार विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

    images

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ करोड ४२ लाख ७६ हजार रुपैयाँ बराबरको २९ लाख ४२ हजार ७६० कित्ता शेयर गत असार १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

    सो शेयरमा कुल २१ लाख ५० हजार ६७२ जनाले २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २० लाख ४३ हजार ६८६ आवेदन स्वीकृत भएको छन् भने १२ हजार ५२१ आवेदन रद्द भएका छन्। कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। स्वीकृत आवेदनमध्ये २ लाख ९४ हजार २७६ जनाले १० कित्ताका दरले कम्पनीकाे शेयर प्राप्त गरेका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ