आइतबार, असार ३० गते २०८२

मौद्रिक नीतिपछि सेयर बजारमा उत्साह

मौद्रिक नीतिपछि सेयर बजारमा उत्साह

अखबार दैनिक
आइतबार, असार ३० २०८२
  • मौद्रिक नीतिपछि सेयर बजारमा उत्साह

    काठमाडौं । मौद्रिक नीतिपछि आइतबार खुलेको सेयर बजारमा उत्साह देखिएको छ ।बजार खुलेको १ मिनेटमै ६६ अंकले नेप्से बढेको छ । ११ : ०१ बजे २७९७ अंकसम्म पुगेको बजारमा त्यसपछि भने बिक्री पक्ष हाबी भयो । ११ : १० बजे २७६७ अंकसम्म झरेको बजार त्यसपछि फेरि सम्हालिएको छ । ११ : ३० बजेसम्म नेप्से परिसूचक ४० अंक बढेर २७७२ अंकमा कायम भएको छ ।

    images

    यो बेलासम्म २ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ । २१३ कम्पनीको मूल्य बढ्दा ३३ को घटेको छ । बैंक, माइक्रोफाइनान्स र फाइनान्स सेक्टरमा विशेष आकर्षण देखिएको छ । साढे ११ बजेसम्म बैंकिङ २. ५६, फाइनान्स २.५७ र माइक्रोफाइनान्स ३.४२ प्रतिशत बढेको छ ।

    गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले माइक्रोफाइनान्स कम्पनीलाई लाभांशको सीमा खुकुलो बनाउने संकेत गरेको छ । त्यस्तै फाइनान्स कम्पनीलाई निक्षेप संकलनलाई थप फराकिलो बनाएको छ भने बैंकहरुको नाफा र बिजनेस बढ्ने सहजता दिने घोषणा गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ