काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार ३५.०९ अंकले घटेर २७२५.७१ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । आइतबार ११ अर्ब ४१ करोडको कारोबार भएको बजारमा सोमबार ८ अर्ब १७ करोडको कारोबार भएको छ । त्यसैगरी आज ५० कम्पनीको सेयर मुल्य बढेको छ भने १९८ कम्पनीको सेयर मुल्य घटेको छ ।