मंगलबार, साउन १ गते २०८२

स्पेन प्रकरण छानबिन गर्न बन्यो एसएसपीको नेतृत्वमा समिति

स्पेन प्रकरण छानबिन गर्न बन्यो एसएसपीको नेतृत्वमा समिति

अखबार दैनिक
मंगलबार, साउन १ २०८२
  • स्पेन प्रकरण छानबिन गर्न बन्यो एसएसपीको नेतृत्वमा समिति

    काठमाडौँ । स्पेनको सेभिल्लामा सम्पन्न संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी गराउन भनेर नेपालबाट असम्बन्धितहरूलाई लगेको भनिएको घटना छानबिन गर्न समिति गठन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा समिति गठन गरिएको हो । समितिमा मानव बेचबिखन ब्युरोका एसपी रुगम कुँवर सहित ६ जना सदस्य छन् ।

    images

    गृहमन्त्री रमेश लेखकको प्रहरीलाई सो घटना अनुसन्धान गर्ने जिम्मेवारी दिएसँगै समिति गठन गरिएको सीआईबीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

    प्रधानमन्त्री केपी ओली सहभागी कार्यक्रममा असम्बन्धित व्यक्तिहरूलाई समेत बिचौलियाले कागजात बनाएर पठाएको भन्दै संघीय संसदमा सांसदहरुले प्रश्न उठाइरहेका छन् । सेभिल्लामा ३० जुनदेखि २ जुलाईसम्म सम्मेलन चलेको थियो । त्यसमा सहभागी गराउन बिचौलियाहरूले रकम असुलेर केही व्यक्तिहरूलाई भिजिट भिसामा विदेश पठाएको आरोप छ । 

    भिजिट भिसामा त्यसतर्फ गएका र फर्के–नफर्केको यकिन गरेपछि पठाउने गिरोहबारे अनुसन्धान गरिने गृहका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘विस्तृत अनुसन्धान पछि कोही संलग्न देखिए फौजदारी मुद्दा अघि बढाउने निर्णय भएको छ ।’ 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ