नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को केन्द्रीय अध्यक्षमा इन्जिनियर रविभूषण झा निर्वाचित हुनुभएको छ ।
सिडेनको आठौँ केन्द्रीय कार्यकारिणी समितिको शनिबार सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार झाले दुई हजार २५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी इन्जिनियर धनेन्द्र केसीले एक हजार ५९७ मत प्राप्त गर्नुभयो ।
यस्तै, उपाध्यक्षमा मदन पुरी, महासचिवमा सुदर्शन शर्मा, उपमहासचिवमा खगेन्द्र अवस्थी र कोषाध्यक्षमा सुजित कोइराला निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक डा कृष्णराज पाठकले जानकारी दिनुभयो ।
यसैगरी सदस्यमा नानुमाया काफ्ले, महेश घिमिरे, आयुष्मान अधिकारी, ज्ञानेन्द्रकुमार त्रिपाठी, दीपा पौडेल, अङ्कित शर्मा, सोना सुकुभटु, लक्ष्मी पाण्डे, प्रेरणा ओली, मानस वस्ती, समीप केसी, इन्द्रजितकुमार शाह र सचिन न्यौपाने निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक डा पाठकले बताउनुभयो ।
सिडेनको आठौँ कार्यकारिणी समितिको निर्वाचनमा देशभरबाट तीन हजार ८८४ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नुभएको थियो । रासस