बुधबार, साउन २ गते २०८२

हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै

हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै

अखबार दैनिक
बुधबार, साउन २ २०८२
  • हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै

    वाग्मती प्रदेश सरकारको रु आठ करोड तीन लाख ७१ हजारको लागतमा हेटौँडा उपमहानगरपालिका–१७ हटियामा ३० शय्याको सुविधासम्पन्न प्रहरी अस्पताल भवन निर्माण सुरु भएको छ ।पहिलो चरणमा १५ शय्याको भवन निर्माणमा गरिने छ । भवन निर्माणको मङ्गलबार आयोजित एक कार्यक्रममा वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने शिलान्यास गर्नुभयो ।

    images

    हेटौँडास्थित वाग्मती प्रदेश प्रहरी कार्यालयमार्फत सञ्चालन हुने अस्पताल भवनमा सबै किसिमका भौतिक पूर्वाधार एवं संरचना निर्माण गरिने मन्त्री लामिछानेले बताउनुभएको छ । उक्त भवन आगामी २०८३ पुस १८ गतेभित्र सम्पन्न लक्ष्य छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ