बुधबार, साउन २ गते २०८२

एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस हुनुहुँदैनः सूर्य थापा

एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस हुनुहुँदैनः सूर्य थापा

अखबार दैनिक
बुधबार, साउन २ २०८२
  • एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस हुनुहुँदैनः सूर्य थापा

    काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरणमा ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु पर्ने बताएका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुप्ताले राजीनामा दिनुको अर्थ यस विषयको गम्भीरता मध्यनजर गरी गम्भीर छानबिन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको उल्लेख गर्दै विवादास्पद अडियोको आवाजमा को को संलग्न छन् ? अविलम्ब छानबिन गर्नुपर्ने बताएका हुन् ।

    images

    दोषी ठहरिएमा कसैले उन्मुक्ति पाउन नहुने उल्लेख गर्दै उनले झोसपोलवाला, बिचौलियाधन्धाकर्मी, भ्रष्ट र ठगहरू जो कोहीलाई छानबिनको दायरामा ल्याउनु पर्ने माग गरेका छन् । उनले भनेका छन्– ‘ती सक्कली हुन् कि नक्कली रु वास्तविक आवाज हो कि प्रविधिको कमाल ? राज्यका अनुसन्धान गर्ने निकायहरूले अविलम्ब काम थाल्नुपर्छ र सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिएर छानबिन गरी ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु पर्छ।’

    थापाले एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस बन्नु नहुनेमा जोड दिएका छन् । उनले भने, ‘विषयको उठान आरोप–प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस हुनरगर्नका लागि होइन । सुशासनको प्रत्याभूति गर्न हो ।’

    कर्मचारीहरूको सरुवा तथा भूमिसुधार मन्त्रालयअन्तर्गतको मालपोत अधिकृतको सरुवा गराउने विषयमा ७८ लाख रुपैयाँ घुसको ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले मङ्गलबार राजीनामा दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ