काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ । आज सुन तोलामा ३ सयले बढेर प्रतितोला एक लाख ९२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन तोलाको एक लाख ९२ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको २ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।