काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य १५ रुपैयाँ वृद्धि भएको हो ।
जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार २८० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० र चाँदीको २ हजार २६५ रुपैयाँ कायम भएको थियो ।