काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।