काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार उच्च अंकले बढेको छ । आज बजार ८०.९७ अंकले बढेर २९७३.७० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार बढेसंगै मंगलबार कारोबार रकम पनि बढेको छ । सोमबार १६ अर्ब ३२ करोडको कारोबार भएको बजारमा मंगलबार २० अर्ब ८ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २३६ कम्पनीको सेयर मुलय बढेको छ भने १४ कम्पनीको सेयर मुल्य घटेको छ । मंगलबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ट्रेड टावर,शिवम सिमेन्ट्स र सान्भी इनर्जीको सेयर मुल्य १० प्रतिशतले बढेको हो ।