काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा २४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन एक लाख ९७ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी दुई हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी २ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।