शुक्रबार, साउन ११ गते २०८२

सारथी केवल इन्डष्ट्रीज र सिटिजन्स क्यापिटल लिमिटेडबीच आइपिओ सम्झौता

सारथी केवल इन्डष्ट्रीज र सिटिजन्स क्यापिटल लिमिटेडबीच आइपिओ सम्झौता

अखबार दैनिक
बिहीबार , साउन १० २०८२
  • सारथी केवल इन्डष्ट्रीज र सिटिजन्स क्यापिटल लिमिटेडबीच आइपिओ सम्झौता

    सारथी केवल इन्डष्ट्रीज लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन IPO व्यवस्थापनका लागि सिटिजन्स क्यापिटल लिमिटेडसँग औपचारिक सम्झौता सम्पन्न गरेको छ। उक्त सम्झौतासम्बन्धी कार्यक्रम आज काठमाडौंको होटल मेरियटमा आयोजना गरिएको थियो।कम्पनीले नेपालको औद्योगिक तथा वित्तीय क्षेत्रका लागि एक ऐतिहासिक उपलब्धि भएको जनाएको छ । 

    images

    सम्झौतापत्रमा सारथी केवल इन्डष्ट्रीज लिमिटेडका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार, सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आर्थिक वर्ष २०८२/ ८३ मा आफ्नो जारी पुँजीको २० प्रतिशत सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ। 

    नेपाली नागरिकहरूले एक सम्भावनायुक्त उद्योगमा लगानी गर्ने महत्वपूर्ण अवसर प्राप्त भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार IPO बाट संकलन गरिने रकमबाट नेपालमै पहिलो पटक भूमिगत केवल उत्पादन सुरु गर्नेछ। 

    साथै, अत्याधुनिक प्रविधिसहितको एल्युमिनियम फर्नेस प्लान्ट जडान गर्ने लक्ष्य रहेको छ। यसले देशको विद्युत् सामग्रीमा आत्मनिर्भरता बढाउने, आयातमा निर्भरता घटाउने र विद्युत् पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

    कार्यक्रममा सारथी केवल इन्डष्ट्रीज लिमिटेडका अध्यक्ष अंकित भुसालले भने, “यो सम्झौता नेपालको विद्युतीय पूर्वाधारलाई आधुनिकीकरणतर्फ डोऱ्याउने हाम्रो अभियानमा एउटा महत्वपूर्ण मोड हो। नेपालमै पहिलोपटक भूमिगत केवल उत्पादन सुरु गरेर हामी राष्ट्रिय आवश्यकता पूरा गर्न आन्तरिक समाधान दिने दिशामा ऐतिहासिक कदम चाल्दैछौं।”

    यस्तैगरी सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले भने, “सारथी केवल इन्डष्ट्रीजसँगको यो सहकार्य हाम्रो लागि गर्वको विषय हो। यस क्ष्एइ परियोजनाले नेपालको केवल उत्पादन क्षमतामा उल्लेखनीय योगदान दिनेछ र लगानीकर्ताहरूका लागि पनि सुनौलो अवसर हुनेछ।”नेपालमा करिब ८३,००० मेगावाट जलविद्युत् उत्पादनको सम्भावना रहेको छ। 

    नेपाल सरकारले सन् २०३५ सम्ममा २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। यस्तो अवस्थामा गुणस्तरीय विद्युत् प्रसारण र वितरण प्रणालीको आवश्यकता झनै बढ्दो छ।सारथी केवल इन्डष्ट्रीज लिमिटेडले सुरु गर्न लागेको भूमिगत केवल उत्पादनले देशको विद्युत् प्रसारण तथा आपूर्तिलाई अझ सक्षम बनाउने दाबी गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ