काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी चाँदीको मूल्य भने सामान्य बढेको छ । बिहीबार तोलामा २ हजार ३३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको हो ।