मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९३ हजार रुपैयाँ तोकेको छ । सोमबार १ लाख ९३ हजार ६ सय रुपैयाँ थियो । ६ दिनमै सुनको भाउ ४ हजार ६ सय रुपैयाँले घटेको छ ।
चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ । सोमबार २२९५ रुपैयाँ रहेको चाँदी, आज २३ सय रुपैयाँ पुगेको छ ।