राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले सभापति रवि लामिछानेको तस्बिरसहितको व्यानर सवारीसाधनमा टाँस्ने अभियान सुरु गरेको छ । म्याजिक,अटो लगायतका सवारीसाधनमा व्यानर टाँसिएको रास्वपा भरतपुर महानगर समिति सचिव दिवाकरराज श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको बिरोधमा जारी हस्ताक्षर अभियानमा सहभागि हुन नागरिकलाई अपिल गर्दै व्यानर टाँस गरिएको हो । चितवनमा २ लाख हस्ताक्षर संकलन भएको सचिव श्रेष्ठले बताउनुभयो ।