बिहीबार , साउन २१ गते २०८३

उड्नासाथ दुर्घटनाग्रस्त भयो अष्ट्रेलियामा बनेको पहिलो रकेट

उड्नासाथ दुर्घटनाग्रस्त भयो अष्ट्रेलियामा बनेको पहिलो रकेट

अखबार दैनिक
बिहीबार , साउन १५ २०८२
  • उड्नासाथ दुर्घटनाग्रस्त भयो अष्ट्रेलियामा बनेको पहिलो रकेट

    अष्ट्रेलियाले पहिलोपटक घरेलु स्तरमा निर्माण गरिएको रकेट सफलतापूर्वक प्रक्षेपण गरेको थियो। तर, उक्त रकेट उडेको केही सेकेन्डमै दुर्घटनामा परेको छ।

    ‘एरिस’ नामक उक्त रकेट बुधबार अष्ट्रेलियाकै भूमिबाट पृथ्वीको कक्षमा पुग्ने लक्ष्यसहित प्रक्षेपण गरिएको थियो। तर, उडेको १४ सेकेन्डमै दुर्घटनाग्रस्त भयो। उक्त रकेट गिलमोर स्पेस टेक्नोलोजिज नामक कम्पनीले निर्माण तथा प्रक्षेपण गरेको हो। यो रकेट अष्ट्रेलियामै डिजाइन, निर्माण र प्रक्षेपण गरिएको पहिलो रकेट हो।

    रकेटको प्रक्षेपण क्विन्सल्यान्ड राज्यको उत्तरमा रहेको बोवेन नजिकको स्पेसपोर्टबाट गरिएको थियो। २३ मिटर लामो यो रकेट प्रक्षेपण टावरबाट सफलतापूर्वक छुटेर आकाशतिर उडेको थियो। आँखाबाट ओझेल पर्नुअघि केहीबेर हावामा स्थिर जस्तै देखिएको थियो।

    सौभाग्यवश, दुर्घटनामा कसैलाई चोटपटक भने लागेको छैन। कम्पनीले फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा रकेट प्रक्षेपणलाई सफलताको रूपमा व्याख्या गरिएको छ।कम्पनीका अनुसार रकेटका चारवटा हाइब्रिड–प्रोपेल्ड इञ्जिनहरू सबै सक्रिय भएका थिए। पहिलो उडानमा इञ्जिन बल्न २३ सेकेन्ड लागेको र रकेट १४ सेकेन्डसम्म आकाशमा उडेको उल्लेख गरिएको छ।

    कम्पनीले पहिलोपटक मे महिनामा रकेट प्रक्षेपण गर्ने योजना बनाएको थियो। त्यसपछि प्राविधिक समस्या र खराब मौसमका कारण प्रक्षेपणको मिति सारिँदै अन्ततः जुलाई ३० मा पुनः तालिका तय गरिएको थियो। एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार