बिहीबार , साउन १७ गते २०८२

विराटनगरबाट शेखरले भने- तत्काल देउवालाई हटाउने सम्भावना छैन

विराटनगरबाट शेखरले भने- तत्काल देउवालाई हटाउने सम्भावना छैन

अखबार दैनिक
बुधबार, साउन १६ २०८२
  • विराटनगरबाट शेखरले भने- तत्काल देउवालाई हटाउने सम्भावना छैन

    नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विसं २०८४ सम्म निरन्तर रहने बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्नेगरी काम गर्नुपर्ने सुझाव दिए ।

    images

    कांग्रेस केन्द्रीय सदस्य डा कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरूसँग भेटघाट गर्नु सामान्य प्रक्रिया भएअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग आफ्नो छलफल भएको स्पष्ट पारे ।

    नेता कोइरालाले भने, राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ अन्यथा राजनीति धराप पर्छ । उनले नेपालको संविधानले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको बताए । तर आफ्नो विचारमा राजनीतिमा नफर्केको राम्रो हुने धारणा राखे ।

    गठबन्धन सरकार निर्माणको क्रममा भएको सातबुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । एक प्रश्नको जवाफमा नेता डा कोइरालाले कांग्रेसमा अहिले संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ