सोमबार, साउन २१ गते २०८२

सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार

सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार

अखबार दैनिक
सोमबार, साउन २१ २०८२
  • सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य १०० रुपैयाँ बढेर तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको हो । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ थियो । 

    images

    यस्तै सोमबार चाँदीको पनि मूल्य बढेको छ । आइतबार तोलामा २ हजार २५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ