काठमाडौं । लगातार घटेको सेयर बजार सोमबार दोहोरो अंकले बढेको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार १६.६५ अंकले बढेर २८८७.५५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार बढे पनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार १३ अर्ब ७ करोडको कारोबार भएको बजारमा सोमबार १० अर्ब ८२ करोडको कारोबार भएको छ । त्यसैगरी आज १४० कम्पनीको सेयरमूल्य बढेको छ भने ११० कम्पनीको घटेको छ ।