मंगलबार, साउन २२ गते २०८२

१२ उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै पढ्न प्रधानमन्त्रीको सुझाव

१२ उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै पढ्न प्रधानमन्त्रीको सुझाव

अखबार दैनिक
मंगलबार, साउन २२ २०८२
  • १२ उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै पढ्न प्रधानमन्त्रीको सुझाव

    कक्षा १२ उत्तीर्ण सबै विद्यार्थीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत ओलीले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई दिदैँ स्वदेशमै पढ्न पनि सुझाव दिएका हुन् ।

    images

    ‘भू-परिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन म तुर्कमिनस्थानमा छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालमा कक्षा १२ को रिजल्ट आयो भन्ने थाहा पाएँ। बधाई नानीबाबुहरू!’ ‘तपाईंहरूको मेहनत सफल भयो। अब नेपालमै पढ्ने र केही गर्ने नयाँ यात्राको सुरुआत गरौँ। फेरि पनि बधाई सबैलाई!’, प्रधानमन्त्री ओलीले लेखेका छन्।

    सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको हो। नतिजाअनुसार यस वर्ष नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

    Screenshot_2025-08-05_090554_9Wq1T483DL.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ