काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा सामान्य सुधार आएको छ । केहि दिनदेखी लगातार घटेको बजार बिहिबार भने सामान्य अंकले बढेको हो । आज बजार २.६२ अंकले बढेर २७८८.३६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढे संगै बिहिबार कारोबार रकम पनि सामान्य बढेको छ । बुधबार ६ अर्ब १६ करोडको कारोबार भएको बजारमा बिहिबार ७ अर्ब ४६ करोडको कारोबार भएको छ । त्यसैगरी आज १०८ कम्पनीको सेयर मुल्य बढेको छ भने १४१ कम्पनकिो सेयर मुल्य घटेको छ ।